मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मतदातालाई प्रलोभनमा पार्न खोजेको भन्दै स्थानीयबासीको घेराउ

असार १३, दाङ । आचार संहिता विपरीत मौन समयमा चुनावी प्रचारप्रसार र मतदातलाई प्रलोभनमा पार्न खोजेको भन्दै कांग्रेस सांसद डिल्ली चौधरी र गरीवी निवारण कोषका कार्यकारी प्रमुख नहकुल केसीलाई तुलसीपुरका स्थानीयबासीले घेराउ गरेका छन् ।

गरिवी निवारण कोषको गाडी समेत तुलसीपुर उपहानगरपालिका १७, भेलाहीका स्थानीयले केहीबेर कब्जा गरेका थिए । सोमबार साँझ भेलहीमा दोहोरो भनाभन भएपछि चौधरी र केसी त्यहाँबाट बाहिरिएका थिए ।

सांसद चौधरीले एमाले र माओवादी कार्यकर्ताले आफूमाथि दुव्र्यवहार गर्न खोजेको बताएका छन् । गिरिवी निवारण कोषको साधन स्रोत चुनावमा मतदाता प्रभावित पार्न खर्च भएको आरोप एमाले र माओवादीका उम्मेवारले लगाएका छन् ।

प्रतिकृयाहरु
Loading...