निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै विराटनगरमा १६ उजुरी

असार १३, विराटनगर । दलका नेता एवं कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा १६ उजुरी परेको छ । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका शाखा अधिकृत भक्तबहादुर भट्टराईले दिएको जानकारी अनुसार मौन अवधिमा एक र त्यसभन्दा अघि १५ वटा उजुरी परेको छ ।

 

उजुरी मध्ये ३ वटा लिखित र बाँकी फोन मार्फत गरिएको छ । निर्वाचन प्रचारप्रचारका समयमा बालबालिका प्रयोग गरिएको, तोकिएको भन्दा ठूला प्रचारसामग्री प्रयोग गरिएको, चुनावी सभामा सरकारी सवारी साधन दुरुप्रयोग गरिएका जस्ता उजुरी रहेको कार्यालयले जनाएको छ ।

निर्वाचन आचार संहिता विपरीत कार्य गरेको उजुरी परेपछि सम्बन्धित दललाई सचेत गराइनुका साथै गम्भीर प्रकृतिका घटनामा सलग्न दलहरुलाई कार्वाही गर्न आयोगमा पठाउने तयारी गरिएको जानकारी भट्टराईले दिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *