कांग्रेस महामन्त्री शशांक कोइरालाको गाडीमा आगजनी

२०७४ जेठ १५ गते

“
मंसिर १८, कावासोती । कांग्रेस महामन्त्री एवं नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ ।
कोइरालाको प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा नवलपुरको देवचुलीमा गएराति आगजनी भएको हो । घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
कोइरालासग वाम गठबन्धनबाट माओवादीका भविश्वर पराजुली प्रतिस्पर्धामा छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित