विश्व क्रिकेटमा केन्याविरुद्ध नेपालको जित

मंसिर १७, काठमाडौं । आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि युएई भ्रमणमा रहेको नेपालले केन्याविरुद्ध जित दर्ता गरेको छ । आवुदाबीमा भएको खेलमा १ सय ११ रनको लक्ष्य नेपालले १९ ओभर पाँच बलमा चार विकेट गुमाउदै पुरा गर्याे।

पहिलो ओभरमा नै नेपालको स्कोर दुई रन हुदा पहिलो विकेट झर्याे । त्यसपछि तीन रन हुदा नेपालले अर्को विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका अनिलकुमार शाहपनि १३ रनमा आउट भएपछि नेपालले २९ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्रसिंह ऐरीले कप्तान सरद भेषवाकरसंग मिलेर ७६ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुरयाए ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले ४६ रन तथा शरद भेषवाकरले ३१ रनको योगदान गरे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केन्या ३२ ओभरमा एक सय १० रनमा अलआउट भयो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको खेलका लागि युएइ पुगेको नेपाली टिम यसअघि पहिलो अभ्यास खेलमा अमेरीकासँग पाच विकेटकले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *