हिंसाका घटना छानविन गर्न जनमोर्चाको माग

२०७४ जेठ १५ गते

“
मङ्सिर १७, काठमाडौं । राष्ट्रिय जनमोर्चाले शान्तिसुरक्षा कायम गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति जारी गर्दै शान्ति सुब्यवस्था कायम गर्न सरकार उदासिन रहेको प्रति रोश प्रकट गरेका छन् । अहिले भइरहेका हिंसात्मक घटनाहरु राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता विरुद्ध लक्षित रहेको जनमोर्चाको ठहर छ । ![]()
विज्ञप्तिमा भनिएको छ– ‘केही समय अघिदेखि देशका विभिन्न भागमा बम पड्की रहेका छन्, हत्या हिंसाका घटना घटिरहेका छन्, निर्वाचन आचार संहिताको उल्लंघन भएको छ । यी कुराहरुप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।
निर्वाचनलाई लक्षित गरेर पहाड, तराई, शहर, गाउँघर जहाँ कहीं विस्फोटक पदार्थ वा बम राख्ने र हत्या हिंसाका घटनाहरु तीव्ररुपमा भएका छन् । राजधानी काठमाडौंमा पनि त्यसप्रकार घटनाहरु घटिरहेका छन् । केही समय अघि काठमाडौंमा दुई सार्प–सुटर भारतीय व्यक्तिहरु हतियार सहित गिरफ्तार भएका थिए । हिजो बारामा एक गाई पालक किसानका दम्पत्तिको विभत्स हत्या भएको छ । सुरक्षाकर्मी मारिएका छन् । राजनीतिक दलका शीर्ष नेता र उमेदवारहरुलाई लक्षित गरेर आक्रमण भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अवसरमा यस प्रकारका घटनाहरु दिनप्रति दिन बढ्दै जानु गम्भीर कुरा हो ।
नया संविधानको निर्माण भएपछि त्यसको कार्यान्वयन गर्न स्थानीय तह र प्रदेशहरुको सीमाङ्कन भयो । स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रथम चरणको निर्वाचन शान्तिपूर्ण र व्यापक जनसहभागिता साथ सम्पन्न भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको दिन नजिक आउँदै गर्दा यसप्रकारका घटनाहरु तीव्ररुपमा बढेका छन् । यस कुराले यो कुरामा कुनै शंका छैन कि यी घटनाहरु संविधान, गणतन्त्र र राष्ट्रियता विरोधी तत्वहरुद्वारा नै घटाइएका छन् । घटनाको व्यापकतालाई हेर्दा यी घटनाहरुका पछाडि ठूला शक्तिकेन्द्रहरुको हात पनि हुन सक्दछ ।
जुनसुकै शक्ति वा कोणबाट घटनाहरु घटाइए पनि यी घटनाहरु देश र जनताका विरुद्ध छन् । यसप्रकारका क्रियाकलापले देशको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता वा क्रान्तिकारी उद्देश्यलाई कुनै मद्दत गर्दैन । उनीहरुको उद्देश्य यो निर्वाचनलाई असफल पार्न नै यसप्रकारका घटनाहरु घटाइएका छन् । तर सरकार यी घटनाहरुप्रति मुकदर्शक बनेको छ । प्रधानमन्त्री कै नेतृत्वमा रहेको गृहमन्त्रालय यी कुराहरुको नियन्त्रण गर्न तत्पर देखिंदैन ।
हामीले यसप्रकारका घटनाहरुको छानवीन गर्न, दोषीलाई कारबाही गर्न र यस प्रकारका घटनाहरु तुरुन्त रोक्न प्रभावकारी कदम चाली निर्वाचनको लागि शान्तिपूर्ण वातावरण बनाउन सरकारस“ग विशेष आग्रह गर्दछौं ।
निर्वाचनमा सरकारले निर्वाचन आचार संहिताको हदैसम्म उल्लंघन गरेको छ । तर निर्वाचन आयोगले सामान्य विज्ञप्ति निकालेर विरोध जनाउनु बाहेक केही गर्न सकेको छैन । हाम्रो पार्टीले सरकार र निर्वाचन आयोगका यसप्रकारका गलत र नियम कानुनको उल्लंघन गर्ने कार्यको विरोध गर्दछ र नियम, कानुन एवं आचार संहिताको अघिनमा रही काम गर्न चेतावनी दिन्छ ।’
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया