टिपर दुर्घटनामा पाँच घाइते
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
मङ्सिर १७, नुवाकोट । किस्पाङ गाउँपालिका–५ शान्तिबजार नजिकै आज टिपर दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन् । बा ४ ख ७९२७ नम्बरको टिपर दुर्घटना हुँदा चालक ककनी गाउँपालिका–४ का पदमबहादुर श्रेष्ठसहित गाडीमा सवार किस्पाङ गाउँपालिका–२ का सुमन तामाङ, रसुवा उत्तरगया गाउँपालिकाका कर्साङ तामाङ, श्याम तामाङ र दावा पन्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।
घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको वीर अस्पतालस्थित ट्रमा केन्द्रमा पठाइएको छ । त्रिशूलीबाट मैलुङतर्फ गइरहेको टिपर शान्ति बजार नजिकै नयाँ पुलमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो ।”
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित