नेताका आश्वासनले मतदाता हैरान


“
बिष्णु जोशी
मंसिर १७, धनगढी । प्रदेश न ७ को कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को गोदावरी नगरपालिका वडा नम्वर ४का वन्देगडा र हाटखोलीका मतदाता ले नेताका चुनावी भाषणमाआफू हरु लाइ विश्वास नलागेको बताउदै आएका छन । दिनहुुँ भोट माग्न गाँउमा आउने उम्मेदवारहरुले एकै किसिम का धेरै ठुला विकासका कुरा गर्ने तर चुनाव जितेपछि फर्केर न हेर्ने भन्दै उनीहरु निरास हुनेगरेको एक स्थानीय ले बताएका छ्न।
बिगत मा भएको संविधान सभाको निर्वाचर गएकोअसारमा भएको स्थानीय तहको चुनाव काबेला नेताहरुले गरेका ठुला चुनावी घोषणा र प्रतिवद्धता केही पनि लागु नभएपछि उनीहरु निरास हुन बाध्य भएका हुन। आधारभुत पुर्वाधारको पनि अनुभुती गर्न नपाएका, कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बन्देगडा र हाटखोलीका मतदाताहरु उमेदवारका वर्षौदेखिका एकनासकै आश्वासन सुनेर दिक्क भएको बताउदै आएका छ्न।
आफुले गर्न नसक्ने आश्वासनहरु बाँडने तर कहिल्यै पुरा नगर्ने प्रवृतिले आफुहरु समस्यामा वाँचिरहेको बन्देगडाका स्थानिय बासीन्दा ले वताए । बन्देगढा र हाडखोली दुबै गाउँमा खानेपानीको धेरै समस्या छ । धारा छ तर पानी आउदैन । मतदाताहरु खोलाको पानी खान बाध्य छन । भोट माग्न आउनेहरु तुरुन्तै समस्या समाधान गरिदिने आश्वासन दिन्छन तर बाचा पुरागर्दैन्न बन्देगडा स्थानीय फुलवा लुहारले गुनासाे गरे । विगतका वाचा पुरा नगर्नेलाई यसपाली भोट नदिने उहाको भनाइ छ।
पुर्वपश्चिम राजमार्गको स्याउलेवाट झण्डै ८ किलोमिटर उत्तर गयो भने बन्देगडा हाटखोली पुगिन्छ । तर अभावै अभाव रहेको सो क्षेत्रलाई उम्मेदवारहरुले सधैं राजनितिक गर्ने ठाउँ बनाएको मतादाताको आरोप छ । गाउमा खानेपानी मात्र हैन, सिंचाई, विद्यालय, स्बास्थ्य र सुरक्षा समेत नभएको मतदाताहरुले वताएका छन । स्थानियहरु विरामी हुँदा अत्तरिया वा धनगढी जानुको विकल्प छैन ।
वाँच्न पाउने नागरिकको अधिकार समेत नपाएको तर नेताहरुले आफूहरुका समस्यालाई भोट माग्ने माध्यम वनाएको स्थानीय मतदाता डम्वर सिंह ऐरले वताए। यसपाली बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्नेलाई भोट दिने उनले वताए । चुनावका समयमा सवै कुरा पुरा गरिदिने आश्वासन दिने तर चुनाव पछि गाँउ नर्फकने राजनैतिक दल र तीनका नेतालाई यस पटक स्थानीय मतदाताहरुले ठेगान लगाएरै छोड्ने वताएका छन ।
“
