प्रधानमन्त्री देउवा कैलालीमा रहेकै दिन विस्फोट

विष्णु जोशी
मङ्सिर १७, कैलाली। कैलाली जिल्लाको टीकापुर नगरपालिका क्षेत्रमा शनिवार एक समूहले सिलिन्डर बम विस्फोट गराएको छ । टीकापुरको सशस्त्र प्रहरी गण नजिक सिलिन्डर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति नभए पनि स्थानीय भने, त्रसित भएका छन् । बम कसले विस्फोट गराएको भन्ने ऐकिन हुन सकेको छैन।

अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । शान्तिपूर्ण ढङ्गले चुनावी गतिविधि अघि बढिरहेको कैलालीमा बम विस्फोटले मतदाता असुरक्षित महसुस गरिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीमा रहेकै दिन विस्फोट भएको हो । विस्फोटको जिम्मा कसैले लिएको छैन ।

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै कैलालीमा प्रहरीले विभिन्न स्थानबाट नेकपाका कैलाली जिल्ला इञ्चाज महानसहित १२ जना नेता कार्यकर्ता तथा समर्थकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *