कैलालीमा आफैले बोकेको बम पड्किएपछी

विष्णु जोशी, धनगडी । गएराति कैलालीको मुख्य बजार नजिकै आफैले बोकेको बम पट्किए पछी विप्लप नेतृत्वको नेकपा माओवादीका जिल्ला सदस्यको ज्यान गएको छ । सेती अञ्चल प्रहरी कार्यालयबाट ५०० मिटर टाढाको दुरीमा रहेको धनगढी उपमहानगरपालीका वडा नम्वर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किएर विप्लप माओवादीका जिल्ला सदस्य चन्द्र बहादुर सिंहको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गएराति १०  बजे तिर खानेपानीरोडमा रहेको जि एस एण्ड सन श्रेष्टको पछाडी सिंहले बोकेको बम पड्केको थियो । बम विस्फोटबाट गम्भिर घाईते भएका सिंहलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति ११ बजे  सिहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी विरबहादुर बुढामगरले जानकारी दिनुभयो । १० बजे सो क्षेत्रको लाईट जाने बित्तिकै बम  पड्केको स्थानीयले बताएका छन्  । सिंह योजनाबद्ध किसीमले बम ल्याएर उक्त क्षेत्रमा पुगेको र योजना सफल नभईकनै बम विस्फोट भएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । खानेपानी रोडमा विभिन्न सरकारी कार्यालय रहेको हुनाले निर्वाचनको समयमा जनजिवन प्रभावित पार्नका लागि बम राख्ने योजना बनाएको हुनसक्न जिल्ला प्रहरी कार्यालयले अनुमान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *