कैलालीमा बम फेला

विष्णु जोशी, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा फेला परेको बाल्टीन बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेको छ । घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानी स्थित बाम गठबन्धन र नेपाली काँग्रेसको पार्टी कार्यालय नजिकै बाल्टिन बम फेला परेको हो ।

बिहानको समयमा स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दिएको जनकारी अनुसार बिहान ८:२० मा नेपाली सेनाको बम डिस्पोजल टाेलीले बम निस्किृय पारेको हो ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी बम राखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *