काठमाडौंमा ​प्याजको भाउ घट्यो

काठमाडौं, मंसिर १५ । काठमाडौंमा प्याजको भाउ शुक्रबार केही घटेको छ । बिहीबार किलोको १ सय १५ रुपैंया थोक मुल्यमा कारोबार भएको प्याज शुक्रबार किलोको ९० देखि १०५ रुपैंयामा झरेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार बिहीबार ६०/७० टन आयात भएकाले शुक्रबार प्याजको भाउ केही घटेको हो । यसअघि दैनिक दुई सय टनसम्म आयात हुने गरेकोमा केहि समययता कम मात्र आयात हुँदा प्याजको भाउ आकाशिएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *