स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक

“
मङ्सिर १४, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ । मुलुकका ७५३ स्थानीय तहलाई सूचना प्रविधि मैत्री बनाउन मन्त्रालयले ती तहका वडा तहसम्मका सबै विवरण वेबसाइट http://mofald.gov.np/Gls/ मा प्राप्त गर्न सकिने जनाएकाे छ । यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ ।
मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउँदै स्थानीय तहले आफ्नो आवश्यकतानुसार वेबसाइट र नक्सामा आफ्ना विवरण थपघट गर्न सक्ने जनाए । मन्त्रालयले सबै तहलाई सूचना प्रविधिको तालीमका लागि प्रतितह रु छ लाख अनुदान र एक एक सूचना प्रविधि अधिकृत उपलब्ध गराएको छ । वेबसाइटसँगै मन्त्रालयका लागि मोबाइल एप्स पनि तयार गरिएको छ ।
“








