‘उम्मेदवार कार्की र काँग्रेस कार्यकर्ता मिरा कटुवालको उपचार हुँदै’

मङ्सिर १३, उदयपुर । बम विस्फोटमा परी गम्भीर घाइते भएका नेपाली काँग्रेस उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार नारायणबहादुर कार्की र काँग्रेस कार्यकर्ता मिरा कटुवालको काठमाडांैस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उम्मेदवारलाई लक्षित गरी राखिएको एम्बुस विस्फोट हुँदा गम्भीर घाइते भएका उम्मेदवार कार्की र काँग्रेस कार्यकर्ता कटुवाललाई हेलिकप्टरबाट काठमाडौँ ल्याइ शिक्षण अस्पतालमा उपचार भइरहेको हो ।

बुुधबार बिहान उदयपुरको नेपालटारमा आयोजित चुनावी सभामा सहभागी हुन जाँदै गर्दा उम्मेदवार कार्कीसहित ७ जना सवार जीप अज्ञात समूहले राखेको एम्बुसमा परेको थियो । कार्की र कटुवालसहित एम्बुसमा परी घाइते हुनेहरुमा जीप चालक राजन कार्की, धनमाया कार्की, प्रहरी जवान कालिदास श्रेष्ठ र पत्रकार नवराज पौडेल रहेका छन् भने एक जना सकुशल रहेका छन् ।

घाइते उम्मेदवार कार्कीको टाउको र खुट्टामा चोट लागेको बताइएको छ । यसैबिच, घाइते उम्मेदवार कार्कीका छोरा निरज कार्कीले जित्ने निश्चित भएपछि विपक्षहरुको आफ्ना बुबामाथि एम्बुस विस्फोट गराएको आशंका गर्नु भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *