अब बामपन्थीलाई दुई तिहाइ ल्याउन कसैले रोक्न सक्दैन : प्रचण्ड

मंसिर १२, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम यसपालीको निर्वाचनमा बामपन्थी गठबन्धनका लागि दुई तिहाइ मत खसेको दावी गरेका छन् । उनले देशभरबाटै बाम गठबन्धनलाई दुई तिहाइ मत ल्याउन कसैले पनि रोक्न नसक्ने समेत बताए ।

आज विहान चितवनमा आयोजना गरिएको एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो निश्कर्षमा पहिलो चरणमा दुई तिहाइ मत खसेको विश्लेषण गरेको बताए ।

चितवनको क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेमा माओवादी अध्यक्ष प्रचण्डले आफूले बिहान ओलीसँग टेलिफोन संवाद गरेको र पहिलो चरणमा आफूहरुलाई दुई तिहाइ मत आएको विश्लेषण भएको बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =