सिटिजन्स बैंकले ल्यायो अष्ट्रेलियन डलरमा कारोवार गर्न सक्ने सुविधा

 मङ्सिर १२, काठमाडौं । सिटिजन्स बैक इन्टरनेशनल मार्फत अस्ट्रेलियन डलरको कारोवार गर्न सकिने भएको छ । बैकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धिगर्दै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर खाता खोली अष्ट्रेलियन डलरको कारोबार सरल रुपमा सुचारु गरेको जानकारी दिएको छ ।

यो सेवाबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलियास्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

साथै भविष्यमा पनि बैंकले यस किसिमका सुबिधाहरु आफ्ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *