एसेस श्रीङ्खलाको पहिलो टेष्ट क्रिकेटमा अस्ट्रेलिया विजयी
२०७४ जेठ १५ गते

“
एजेन्सी । एसेस श्रीङ्खलाको पहिलो टेष्ट क्रिकेटमा अस्ट्रेलिया १० विकेटले विजयी भएको छ । इग्ल्याण्डले दिएको १ सय ७० रनको लक्ष्य कुनै विकेट नगुमाई अस्ट्रेलियाले श्रीङ्खलामा १ शून्यको अग्रता लिएको हो ।
अस्ट्रेलियालाई जिताउन दोस्रो पालीमा डेभिड वार्नरले ८७ र केमरुन ब्यानक्रप्टले ८२ रन बनाए । पहिलो पालीमा २६ रनले पछि परेको इग्ल्याण्डले दोस्रो पालीमा जोय रुटको ५१ रन मद्दतमा १ सय ९५ रन बनाएको थियो । अस्ट्रेलिया र इग्ल्याण्डबिच एसेस श्रीङ्खलामा पाँचवटा टेष्ट र पाँचवटा एकदिवसीय क्रिकेट हुनेछन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








