आज बेलुकासम्म सबै मतपेटिका जिल्ला सदरमुकाम पुगिसक्ने
२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर ११ । मौसम सफा भए आज बेलुकासम्म सबै निर्वाचन केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम पुगिसक्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।
हेलिकप्टरबाट मतपेटिका ल्याउनु पर्ने भएकाले मत पेटिका जिल्ला सदरमुका ल्याउन समय लाग्ने भएको आयोगको भनाइ छ । अति पहाडी तथा हिमाली क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
धेरै जिल्लाका मतपेटिका सदरमुकाम ल्याईसकेको बताउँदै प्रवक्ता ढकालले मतपेटिका ओसार्ने कार्य जारी रहेको जानकारी दिनुभयो । हिजो मंसिर १० गते हिमाली तथा उच्च पहाडी ३२ जिल्ला पहिलो चरण अन्तर्गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








