कार्यकर्ता पक्राउ गरिएकोमा बैद्य माओवादीको आपत्ति
“
मंसिर ९, धरान । नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारी माओवािदले जिल्ला सदस्य सुर्य बहादुर राईलाई ईलाका प्रहरी कार्यलय धरानले नेत्र विक्रम चन्द नेतृत्वको पार्टिका कार्यकर्ता भन्दै पक्राउ गरेको प्रति सो पार्टीले आपत्ति प्रकट गरेको छ ।
धरान उप महानगरपािलका वडा नं ४ बस्ने राईलाई मंसिर ५ गते बेलुकी धरानले सोधपुछका लागि भन्दै लगेको र भोलिपल्ट मंसिर ६ गते बिहान ११ बजे रिहा गरि पुन सोहि दिन बेलुकी ७ बजे पक्राउ गरेको प्रति आपत्ति जनाएको हो ।
आफनो कार्यकर्तालाई विप्लप नेतृत्वकको नेकपा माओवादिको कार्यकर्ता भनि विना कारण पक्राउ गरेकोमा घोर भत्सर्ना गर्र्दे पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।
पक्राउ परेका राईलाई विना सर्त तत्काल रिहा गर्न जोडदार माग गर्दछ क्रान्तिकारी मााओवादिका धरान नगर संयोजक पेमा लामाद्धारा जारी गरीको विज्ञप्तिमा जानाइएको छ ।
उता पक्राउ परेका राई लाई म्याद थप गरेर ईलाका प्रहरी कार्यलय तरहरामा राखिएको सो पार्टीले जनाएको छ । संम्योजक पेमा लामाका अनुसार प्रहरी प्रशासनले आफना कार्यकर्ता अनाहकमा प्रक्राउ गरी राखिएको र पक्राउ गर्नै कारण खोज्दा प्रहरी दिन नसकेको समेत जनाएको छ ।
उनले ईलाका प्रहरी कर्यालय धरानका डिएसपिले गुण्डागर्दि शैलिमा पक्राउ गरेको आरोप समेत लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारी माओवािद मुठठी चिन्ह सहित चुनावमा समेत उठेकाले आफना कार्यकर्ता पक्राउ गर्नु आफुहरुलाई चुनाव हराउन केन्द्रीय डिजाईन भएको आरोप पनि लगाएको छ ।
“