आइतबार चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द

काठमाडौं, मंसिर ७ । आइतबार मतदान हुने ३२ जिल्लाका शैक्षिक संस्था बिहीबारदेखि बन्द हुँदैछन् । चुनावका लागि जिल्लाका सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बिहीबारदेखि ४ दिन बन्द रहने सरकारले जनाएको छ । धेरैजसो शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले चुनावको तयारीका लागि बिहीबारदेखि नै बन्द गर्नुपरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा आउँदो १८ देखि २१ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् । पहिलो चरणमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी गरि ३२ जिल्लामा मतदान हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *