पहिलो चरणको चुनावको सबै तयारी पूरा
“
काठमाडौं, मंसिर ५ । आउदो आइतबार हुने पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री र्पुयाउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको जानकारी दिनु भएको छ । योसँगै मंसिर २१ को चुनावको लागि पनि तयारी अन्तिम चरणमा पुगेको छ । ढकालले पहिलो चरणको तयारी सबै सकिएको र अनुगमनकर्ता पनि खटिसकेको जानकारी दिनु भएको छ ।
पहिलो चरणमा ३२ जिल्ला चुनाव हुँदैछ । यी जिल्लाहरुमा निर्वाचन अनुगमनकर्ताहरु २० गतेदेखि नै सम्वन्धित निर्वाचन क्षेत्रमा खटिएका छन् । यसैबीच, निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा खटिने केन्द्रीय अनुगमन टोलीलाई आज प्रशिक्षण दिदैछ । निर्वाचन कार्यबिधि तथा आचारसंहिता लगायतका बिषयमा आयोगले अनुगमन टोलीलाई प्रशिक्षण दिने आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिनुभयो । दोस्रो चरणको निर्वाचनमा सहसचिवस्तरका ७५ अनुगमन कर्ता खटिने उहाँले बताउनुभयो ।
“