सार्वजनिक शौचालय व्यवस्थापन चुनौतिपुर्ण बन्दै

मङ्सिर ४, काठमाडाैं । सरोकारवालाहरुले सार्वजनिक शौचालय व्यवस्थापन चुनौतिपुर्ण बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाण्डौमा सोमबार आयोजित सार्वजनिक शौचालय व्यवस्थापन कार्यक्रममा सहभागी सरोकारवालाहरुले विकाससँगै सार्वजनिक शौचालय व्यवस्थापन कार्य थप चुनौतिपुर्ण बन्दै गएको बताएका हुन् ।

विकाससँगै सर्वसाधरणमा सफा स्वच्छ सहर निर्माणको चेतना वृद्धि गर्न नसक्नु, महानगर र उपमहानगर तथा मुख्य सहरहरूमा पर्याप्त मात्रामा शौचालयको व्यवस्था नहुनु लगायतले समस्या जटिल बनाएको उनीहरूको तर्क थियो । सार्वजनिक शौचालय व्यवस्थापन अभियानका संयोजक गणेश शाहले महानगरमा विशेष गरेर पर्याप्त मात्रामा सर्वसुलभ र सहज पहुँचमा शौचालयको व्यवस्था नभएको बताए ।

कार्यक्रममा सहभागी सामाजिक अभियन्ता ध्रुव कार्कीले सार्वजनिक शौचालय व्यवस्थापन कार्य सहज र विस्तार गर्न आधुनिक प्रविधिको प्रयोग गरिनुपर्ने सुझाव दिए । शहरी क्षेत्रसँगै तराईका जिल्लामा पनि सार्वजनिक शौचालय व्यवस्थापन उत्तिकै चुनौतिपुर्ण रहेको भन्दै उनले जनचेतनासँगै आधुनिक प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सार्वजनिक शौचालय व्यवस्थापकहरुले सरसफाइ हामी सबैको दायित्व हो भन्ने चेतना र जिम्मेवारी बहन नगर्ने प्रवृतिले फोहर व्यवस्थापनमा समस्या भएको गुनासो गरेका थिए । बढ्दो शहरीकरणसँगै जनसङ्ख्याको अनुपातमा आवश्यक सार्वजनिक शौचालय निर्माण हुन नसक्नु तथा भएकाको सही व्यवस्थापन गर्न नसक्दा शहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती दिनहुँ बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *