नेपाली काँग्रेसको गाडीमा बम प्रहार

मङ्सिर ४, सिमरा । नेपाली काँग्रेसले प्रचार प्रसारमा प्रयोग गर्ने गाडीमा बम प्रहार भएको छ । काँग्रेसका तर्फबाट बारा क्षेत्र नं ४ (१) का प्रदेश सभा उम्मेदार ओमकृष्ण कार्कीले प्रचारप्रसारका लागी प्रयोग गरेको बा १४ च ६३३० नं को स्कर्पियोमाथी प्रेसरकुकर बम प्रहार भएको हो ।

आइतबारको चुनावी कार्यक्रम सकेर सवारी चालक राधाकृष्ण साह ठकुरीले जिल्ला बन कार्यालय पछाडि आँफ्नै निवासमा राखेको गाडीलाई लक्षित गरी आज बिहान करिब ५ : ३० बजे बम प्राहार भएको हो ।

बम कसले प्राहार गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताए । बम प्रहारबाट कुनै मानवीय क्षति नभएको तर गाडीमा राखिएका प्रंचार सामाग्री जलेको साथै गाडीको सिसा फुटेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *