बस्न्यातको अवकाशसँगै आजदेखि अख्तियार प्रमुख विहीन

२०७४ जेठ १५ गते

काठमाडौं, माघ २९। अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि प्रमुख विहिन बनेको छ । प्रमुख आयुक्त दीप बस्न्यातले उमेरहदका कारण अवकाश पाएपछि अख्तियार आजदेखि प्रमुखविहिन बनेको हो । फागुन २ गतेदेखि बस्न्यातको कार्यकाल सकिने भए पनि १ गते सार्वजनिक बिदा परेकाले बस्न्यातको सोमबार नै बिदाइ हुन लागेको छ ।
बस्न्यात ०७१ फागुन १५ गते अख्तियारको आयुक्तमा सिफारिस भएका थिए। ०७४ पुसमा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सर्वोच्चले बदर गरेपछि बस्न्यातले कार्यवाहक प्रमुखको भूमिका निभाएका थिए।
संवैधानिक समितको सिफारिस र संसदीय सुनुवाइको अनुमोदनपछि ०७४ जेठ ८ गतेदेखि बस्न्यातले प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए। बस्न्यातको अवकाशपछि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले पाउनेछन्।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित