काँग्रेसको युवा परिचालन संयोजकमा विक
“
मङ्सिर २, धरान । नेपाली काँग्रेस सुनसरीले आगामी मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा युवा परिचालनका लागि समिति गठन गरेको छ ।
काँग्रेसले लोकतान्त्रिक गठबन्धनलाई जिताउन नेपाल तरुण दल सुनसरी उपाध्यक्ष सन्तोष विकको संयोजकत्वमा युवा परिचालन समिति गठन गरेको हो । समितिले सुनसरी क्षेत्र नं. १ मा लाकतान्त्रिक गठबन्धनलाई जिताउन काम गर्नेछ । ‘लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई जिताउन उनीहरूको प्रचारप्रसारमा काम गर्नका लागि यो समिति गठन गरिएको हो ।’ काँग्रेस महाधिवशेन प्रतिनिधि समेत रहेका संयोजक विकले भने ।
उनले विगतमा काँग्रेस भित्रैको अन्र्तघातका कारण क्षेत्र नं. १ मा पार्टीको पराजय भएको भन्दै यस पटक नगर, क्षेत्र र जिल्ला र केन्द्रबाट समेत विशेष योजना बनाएर अभियान थाल्ने बताए । लोबतान्त्रिक मूल्य मान्यता स्थापित गर्न बाम गठबन्धनलाई परास्त गर्नै पर्ने अवस्था छ, यसैका लागि यस पटक विशेष योजना बनाएर निर्वाचनमा जाने रणनीति छ ।’ उनले मकालु खबरसँग भने ।
संयोजक विकले क्षेत्रमा युवाहरुद्वारा मतदातालाई प्रभावकारी रूपमा मतदाता शिक्षा दिने, उम्मेद्वारका चुनावी एजेण्डालाई जनता माझ लैजाने कार्यक्रम रहेको जानकारी दिए ।
सुनसरी क्षेत्र नं. १ मा नेपाली का्रग्रेसले सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको छ । फोरमबाट प्रतिनिधिसभाका लागि अशोक राई तथा प्रदेश सभाका लागि काँग्रेसबाट किशोर राईको उम्मेदवारी रहेको छ ।
“