उम्मेदवारमाथिको आक्रमणका विप्लप नेतृत्वको पार्टीको संलग्नता
२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २ । उम्मेदवारमाथि भएका घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । पार्टीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले घटनामा आफ्नो पार्टीको संलग्नता रहेको बताउनुभयो । सरकारले आफ्नो पार्टीका नेता कार्यकर्ता पक्राउ गरेकाले यस्ता घटना गराएको उहाँले बताउनुभयो ।
उहाँले निर्वाचन कुनैपनि हालतमा सफल हुन नदिने आफ्नो पार्टीको उदेश्य रहेको बताउनुभयो । अझै जनयुद्ध नसकिएको बताउँदै पोलिटब्युरो सदस्य पुनले निर्वाचन बिथोल्नु पनि जनयुद्धकै एउटा चरण रहेको बताउनुभयो । सरकारले आक्रमण गरेकाले आफुहरु प्रत्याक्रमणमा उत्रिएको पुनको भनाई छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








