अफगान सेनाको कारबाहीमा १९ तालिबान मारिए

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रवार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको समाचार छ ।

प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले सो जानकारी दिएका हुन् । कान्दाहार प्रान्तको सहर ए सफा जिल्लामा शुक्रवार बिहान सबेरै सीमा प्रहरी बलले साे कारबाही गरेको थियो ।

साे कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएकाे रजाकले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए । यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरू लुकेर बसेको आश्रयस्थलमा साे कारबाही भएको थियो ।

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ ।

गत हप्तामात्र पनि तालिबानहरुले कान्दाहारको एक प्रहरी चौकीमा आक्रमण गरी कैयौँ सुरक्षाकर्मीको ज्यान लिएका थिए । सो क्षेत्रमा अहिले प्रहरीले गस्ती बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *