नेपालमै पहिलो पटक भैँसी विज्ञको अन्तरराष्ट्रिय सम्मेलन सुरु, यस्ता छन् एजेन्डा

कात्तिक ३०, चितवन । नेपालमा पहिलो पटक भैँसी विज्ञको अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । बृुधबारदेखि चितवनको सौराहामा सुरु भएको सम्मेलनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा आइपी ढकालले उद्घाटन गरे ।

विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा शुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका २०० जना भैँसीविज्ञ, वैज्ञानिक, प्राज्ञ तथा विद्यार्थीको सहभागिता छ ।

‘भैँसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ नेपालमा नै पहिलो पटक चितवनमा शुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरिका, क्यानाडा र बेलायतका ५५ जना विदेशी विज्ञ सहभागी छन् । भैँसीको आनुवांशिक गुण वृद्धि गरी उत्पादन बढाउने र पोषण, स्वास्थ्य तथा भैँसीको व्यवस्थापनका विषयमा सम्मेलन केन्द्रित हुनेछ ।

सम्मेलनमा भँैसीको बाली लाग्ने समय परिवर्तन र विकासका विषयमा समेत विज्ञहरुबीच छलफल हुने जनाइएको छ । चितवनको रामपुरलाई पशुको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजना रहेकाले सो विषयमा समेत छलफल हुनेछ । सम्मेलनमा ९० वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिएका छन् ।

सम्मेलनमा अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटी, फ्लोरिडा युनिभर्सिटी तथा नेपालको पशुसेवा विभाग, नार्कलगायत संघसंस्थाको सहयोग छ । उपकुलपति डा ढकालका अनुसार नेपालमा ५२ लाख भैँसी छन् । मासुको आपूर्तिमा भैँसीले ५७ प्रतिशत हिस्सा ओगटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *