यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय
“काठमाडौं, कात्तिक ३० । क्रिकेट खेलाडीलाई शुभकामनाः गोरखापत्र
नेपाल पहिलोपटक एसीसी अन्डर–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरमा भइरहेको खेलमा सोमबार तीनपटकको विजेता भारतमाथि ऐतिहासिक जीत हासिल गरेको थियो भने बुधबार मलेसियालाई हरायो ।
खेलको समीकरण अनुसार नेपाल सेमिफाइनलमा स्थान सुरक्षित गर्न मलेसियालाई अन्तरले हराउनुपर्ने वा बङ्गलादेशले भारतलाई हराउनुपर्ने थियो ।
अन्ततः दुवै भए । बिहीबारको खेलमा बङ्गलादेशले भारतमाथि विजय हासिल ग¥यो भने नेपालले मलेसियालाई १५.३ ओभरमा ४५ रनमै अल आउट ग¥को थियो ।
यसले गर्दा नेपाल सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । अब सेमिफाइनलमा नेपालले समूह बीको विजेता अफगानिस्तानसँग भिड्नु पर्नेछ ।
विवाद र राजनीतिक हस्तक्षेपबाट मुक्त राखेर क्रिकेट खेलको विकास गर्न जरुरी छ । सरोकारी सबै पक्ष यस दिशामा पूर्णरूपेण सक्रिय हुनैपर्छ । थप सफलताका लागि युवा क्रिकेट खेलाडीलाई हार्दिक शुभकामना ।
ठेकेदार उम्मेदवार : नागरिक
राजनीतिक व्यक्तिलाई पहिले समाज र मुलुक परिवर्तनको ठेकेदार ठानिन्थ्यो । र, ठेकेदार शब्दले त्यति धेरै नकरात्मक अर्थ पनि दिँदैनथ्यो । अचेल अब विकास निर्माणका काम अलपत्र छाड्ने ठेकेदारले मुलुकको जिम्मेवारी लिन थालेका छन् ।
खासगरी २०६२, ०६३ पछिको राजनीतिमा अपराधिकरणको उत्कर्ष रुप देखिएको छ ।
विस्तारै समाजमा योगदान गर्ने, मुलुक परिवर्तनको सपना देख्ने र ईमान्दार ब्यक्ति मुलधारको राजनीतिबाट पलायन हुने अवस्था सिर्जना हुन थालेको छ ।
तिनको ठाउँ लिएका छन्, आपराधिक पुष्ठभुमि भएका, मुलुकका योजना, आयोजना निर्माणको ठेक्का लिएर पुरा नगर्ने र पैसवालाहरुले । त्यसैको परिणामस्वरुप
यसपटक सबैजसो प्रमुख दलले ठेकेदारलाई निर्वाचनमा उम्मेदवार बनाएका छन् ।
राजीति विस्तारै ईमान्दारी र नैतिकताले होईन, पैसा र प्रभावबाट जित्ने अवस्था मुलुकमा देखिन थालेको छ ।
झण्डै १० अर्ब रुपियाँ बराबरका सार्वजनिक निर्माण ठेक्का हाात पारेर अलपत्र पार्नेहरु मुलुक बनाउने सपना बेच्दै यतिबेला निर्वाचन मैदानमा ओर्लिनु आफैमा चिन्ताजनक विषय हो ।
मैदानबाहिर जाग्ने बेलाः कान्तिपुर
युवा टोलीले नेपाली क्रिकेट फेरि जागेको छ ।
मलेसियामा भईरहेको एसीसी यु १९ युथ कपमा नेपाल पहिलोपटक सेमीफाईनलमा पुगेको छ ।
यसअघिका प्रतियोगितामा नेपाल समुह चरणबाटै बिदा हुँदै आएको थियो ।
यसपटकको प्रदर्शन विगतको भन्दा धेरै फरक रह्यो ।
बंगलादेशसंग पहलिो खेलमा ठुलो चुनौती तेस्र्याएको नेपालले त्यसपछि भारतको यु १९ टोलीलाई पराजित गरी सनसनी मच्चायो ।
मलेसियालाई समुह चरणको अन्तिम खेलमा पराजित गरेपछि नेपाल पहिलो पटक नअकाउट चरणमा पुग्न सफल भयो ।
“