आर्थिक समृद्धिमा मेरो भूमिका केन्द्रित : भगवती चौधरी

कार्तिक २२, सुनसरी । निर्वाचन अभियानको क्रममा रहेकी भगवती चौधरीले नेपाली जनताले आफूलाई अवसर दिएमा उदाहरणीय आर्थिक नमुनाकाे केन्द्र बनाउने बाँचा व्यक्त गरेकी छन् । हाल उनी सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी अभियानको क्रममा रहेकी छन् । उनले बाम गठबन्धनकाे तर्फबाट संयुक्त उम्मेदवारी दिएकी हुन् ।

चुनावी अभियानका क्रममा जनतासँग घरदैलो कार्यक्रममा सक्रिय रहेकी चौधरी आफूसँग देश विदेशका अनुभव रहेको र विकासका एकसे एक योजना आफूसँग रहेकाले आफूले काम गर्ने अवसर पाएमा उल्लेखिय याेगदान दिने बताइन् । उनले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, उधोग कलकारखाना, रोजगारीका क्षेत्रमा आमूल परिवर्तण गरी जनताको सहज जिविको पार्जनका लागि आफ्नो प्रतिबद्धता जनाएकी हुन् ।

देशको विकासको लागि उधोग कलकारखानालाई सञ्चानमा ल्याउन उचित वातावरण बनाउने, श्रमिकहरूको हक र अधिकारकाे समेत उचित ख्याल नेकपा एमालेले गरेको हुँदा आँउदा दिनका अझ बढी जोड दिने बताइन् । चौधरीले भनिन्, ‘कृषि क्षेत्रलाई व्यवसायिकीकरण गरी किसानहरूलाई प्रोत्साहित गर्ने, महगो शिक्षालाई सर्वशुलभ बनाउनका लागि शिक्षा नीति तयार गर्ने र प्राविधिक शिक्षालाई सबैकाे पहुँच बनाउने र हरेक गाँउमा डाक्टर इन्जिनियर उत्पादन गर्नेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *