बसबाट खस्दा सहचालकको मृत्यु

भक्तपुर, २१ कात्तिक (रासस) ः अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका चुनदेवीमा आज बसबाट खसेका सहचालकको मृत्यु भएको छ ।

काठमाडाँैबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा.२ ख. ४०९८ नम्बरको बसबाट सोही बसमा काम गर्ने सहचालक सिन्धुपाल्चोक सांगाचोक ११ का अनिल गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसबाट खसेर गम्भीर घाइते भएको गिरीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =