बेलायती डिजाइनर विङहमद्धारा विश्वकै सबैभन्दा महंगो जुत्ता सार्वजनिक, जस्को मुल्य हाे १.५ करोड डलर
२०७४ जेठ १५ गते

“
काठमाडौं, कात्तिक २१ । बेलायती डिजाइनर डेबी विङहमले विश्वकै सबैभन्दा महंगो जुत्ता सार्वजनिक गरेकी छिन् । हाई हिल भएको जुत्तामा बहुमूल्य धातु र दुर्लभ ढुंगाहरु जडान गरिएको छ । यसको मूल्य १.५१ करोड डलर राखिएको छ ।
विङहम यस्तै महंगो डिजाइनहरुका लागि चर्चित छिन् । उनले विभिन्न सेलेब्रिटी, राजपरिवार र धनाढ्यहरुका लागि काम गर्ने गरेकी छिन् ।
यसअघि उनले विश्वकै सबैभन्दा महङ्गो लुगा बनाएकी थिइन् । ‘रेड डाइमण्ड अबाया गाउन’ मा २ हजारभन्दा बढी हिरा जडित थियो भने विश्वकै महंगो मानिने रातो हिरा पनि जडान गरिएको थियो । यसको मूल्य १.५४ करोड डलर राखिएको थियो ।
विङहमको कोटर टु केक्स नामक बेकिङ कम्पनी पनि रहेको छ । उनले एक युएईको ग्राहकका लागि ६.४ करोड अमेरिकी डलर पर्ने केक बनाएकी थिइन् । एजेन्सी
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








