जहाँ उम्मेदवार नै पुग्दैनन: ४८ सालदेखि उम्मेदवार नपुगेका ठाउँ !

काठमाडौं, कात्तिक २१ । सुगम मानिने कैलालीमा दर्जनौं यस्ता दुर्गम गाउँ छन् जहाँ संसदीय चुनावमा मत माग्न उम्मेदवार गाउँ पुगेको धेरैलाई सम्झना छैन । जिल्लाको पहाडी क्षेत्र चुरेमा पर्ने २ दर्जनभन्दा बढी यी गाउँका बासिन्दाले अहिलेसम्म कुनै पनि चुनावमा आफुले मत दिएका उम्मेदवारलाई भेट्न पाएका छैनन् ।

पहाडी क्षेत्र पर्ने चुरे र मोहन्याल गाउँपालिकाका अधिकांश क्षेत्रमा २०४८ यताका चुनावमा उम्मेदवार मत माग्न पुगेका छैनन् । सविकाका ८ पहाडी गाविस मिलाएर बनेका २ गाउँपालिकाका पर्ने यी क्षेत्रबारे उम्मेदवारहरुलाई जानकारीसमेत छैन ।

४२ बर्षको भए तर चुनावमा अहिलेसम्म कुनै उम्मेदवार गाउाँमा मत माग्न आएको सम्झना छैन, साविक सुंगरखालका व्यवासयी डम्बरबहादुर साउनले भने,धेरैजसो उम्मेदवारलाई चुरे क्षेत्रकायी गाउँका विषयमा जानकारीसमेत छैन ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =