प्यूठानको चर्चा ‘प्यूठान जिल्लाभरि : दुर्गा, कृष्ण र हरि ।’

कात्तिक १९, प्युठान । प्यूठानमा प्रतिनिधिसभा र प्रदेशसभाको मनोनयन दर्ता गरेदेखि नै एउटा रमाइलो नारा लाग्न थालेको छ । त्यो नारा होे, ‘प्यूठान जिल्लाभरि : दुर्गा, कृष्ण र हरि ।’

यो नारा त्यसै बनेको होइन । प्यूठानमा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष एवं पूर्वसांसद दुर्गा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभाका दुई सिटमा माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का र एमाले नेता हरिप्रसाद रिजालले उम्मेदवारी दिएका छन् । यिनै ३ वटा नाम जोडेर यो नारा बनाइएको हो, “प्यूठान जिल्लाभरि : दुर्गा, कृष्ण र हरि ।”

एमाले र माओवादीले बनाएको वामपन्थी गठबन्धनमा प्युठानमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । वाम तालमेलअनुसार दुर्गा पौडेलले प्रतिनिधिसभामा, प्रदेशसभामा कृष्णध्वज खड्का र हरिप्रसाद रिजालले उम्मेदवारी दिएका छन् ।

उता, नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा पुनर्निर्माण प्राधिकरणका पूर्वसिइओ गोविन्द पोख्रेलले र प्रदेशसभामा टेकप्रसाद भण्डारी र अमरप्रसाद भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

स्थानीय तह निर्वाचनको मतसंख्यालाई हेर्ने हो भने प्यूठानमा वाम गठवन्धन कांग्रेसभन्दा झण्डै ४१ हजार मतले अगाडि छ । प्यूठानमा वाम गठबन्धनमा सहभागी दलहरुले ६४ हजार ३ सय ३५ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसले २३ हजार २ सय ८२ मत प्राप्त गरेको थियो । स्थानीय तह निर्वाचनको मतसंख्यालाई आधार मान्ने हो भने ४१ हजार ५३ मतले वाम गठबन्धनका उम्मेदवारहरु अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *