दलहरु घरदैलो अभियानमा, गाउँ गाउँमा चुनावी रौनक

 
काठमाडौं, कात्तिक १८ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै दलहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । पहिलो चरणमा हुने निर्वाचनका लागि गत ५ गते मनोनयन दर्ता गरेका क्षेत्रमा दलहरुले घरदैलो अभियान तथा भेलालाई तीव्रता दिएका छन् भने दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गरेका क्षेत्रमा पनि दलहरु प्रचारप्रसारमा जुटेका छन् ।

पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा तर्फ ३७ र प्रदेश तर्फ ७४ निर्वाचन क्षेत्रमा दलहरुको चुनावी प्रचार तीब्र बनेको छ । दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि भने निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह उपलब्ध गराएपछि प्रचार तीव्र पार्ने दलहरुको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *