अमेरिकी सरकारी वैज्ञानिकद्धारा मानवीय गतिविधिले नै जलवायु परिवर्तनमा असर गरेको निस्कर्ष

काठमाडौं, कात्तिक १८ । अमेरिकी सरकारी वैज्ञानिकहरुले मानवीय गतिविधिले नै जलवायु परिवर्तनमा असर गरेको निस्कर्ष निकालेका छन् । वैज्ञानिकहरुले तयार पारेको एउटा बृहत् अध्ययन प्रतिवेदनले मानवीय गतिविधिले नै तीव्र गतिमा जलवायु परिवर्तन निम्त्याइरहेको देखाएको छ ।

अध्ययन प्रतिवेदनको निष्कर्षले प्यारिस सम्झौताबाट बाहिरिने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बेवास्ता गर्दै अमेरिका र विश्वका लागि जलवायु परिवर्तनको भयावह परिणाम हुने उल्लेख गरेको छ । अध्ययन प्रतिवेदनको निचोड जलवायु परिवर्तनका कुरा चिनियाँ झुट भएको भन्ने राष्ट्रपति ट्रम्पको भनाईसँग पनि विपरीत देखिएको वीवीसीले लेखेको छ । अध्ययन प्रतिवेदन ५०० पृष्ठको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *