बोतल र जारकै पानी दुषित !

काठमाडौं, कात्तिक १७ । सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो ।

पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाध् प्रविधि तथा गुण नियन्त्रण विभागले कम्नीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको छ ।

उपभोक्ताले उजुरीका आधारमा अनुमगन गर्दा ब्याच नम्बर ४ का अक्का एक्सप्रेस ब्राण्डको पानीमा कैफियत भेटियो ।

पानीमा कैफियत भएपछि विभागले गत भर्दौ ११ गते महांकालीस्थित पहुपति स्प्रिङ वाटर उधोगमा सिलबन्दी गर्दै उत्पादन रोक्का राखेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *