लमजुङमा समातियो १७ किलो सुन
२०७४ जेठ १५ गते

“
कात्तिक १६, काठमाडौं । लमजुङमा १७ किलो सुनसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार संकास्पद झोला बोकेर मनाङ तर्फबाट बेशिसहर जाँदै गर्दा प्रहरी चेकजाँचमा क्रममा उनले झोला देखाउन आनाकानी गर्दै भागेका थिए । गुरुङलाई बा५८प ४२९१ नम्बरको मोटरसाइकलमा भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
खुदी सदरमुकाम बेंसीसहरबाट करीब ७ किलोमीटर उत्तरतर्फ पर्छ । सुन विस्कुत आकारका १७ थान रहेको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








