पेट्रोलियम पदार्थको मुल्य वृद्धि, ग्यासको १३ सय ५०, पेट्रोलको एक सय रुपैया

“कात्तिक १६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । बढेको मुल्य बुधबार रातीदेखि लागु भएको छ ।
निगमले डिजलमा डेढ रुपैयाँ, पेट्रोलमा दुई रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । अब पेट्रोलको मुल्य प्रतिलिटर एक सय रुपैयाँ, डिजेल र मटितेल लिटरको मुल्य ७५ रुपैयाँ ५० पैसा पुगेको निगमले जनाएको छ ।
यस्तै ग्यासको मुल्य प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँबाट बढाएर १३ सय ५० र्पुयाइएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।
भारतीय आयल कर्पोरेशनले बुधबार नयाँ मुल्य पठाएपछि नेपालमा पनि मुल्य बढाइएको उनले जानकारी दिए । यसअघि गएको असारमा पनि मूल्य समायोजन भएको थियो । असारमा कच्चा तेलको भाउ ५० डलर रहेकोमा अहिले बढेर ६० डलर पुगेको छ । वृद्धि भएको मुल्य आज राति १२ बजेदेखि लागुहुने निगमले जनाएको छ ।”








