धरानको स्थानीय प्रतिनिधिका १०१ दिनः प्रेसर र उत्साहजनक

भरतराज शर्मा(गोपाल), सुनसरी । जताततै अनेकन सपना बाँडिएको तर प्रगति नभएको भन्दै जनप्रतिनिधिहरूको आलोचना भइरहेको समयमा धरानमा भने प्रेसर र उत्साह जनक काम भइरहेको जनाइएको छ । जनताको चाहना र आकाङ्क्षा धेरै छन्, प्रेसरमा छौँ हामी पनि गर्नै आएका हौँ तर पनि काम गरिरहेका छौँ,’ कार्यक्रमको सुरुमा स्वागत मन्तव्य राख्न बोलाईएकी धरानकी उपमेयर मञ्जु भण्डारी (सुवेदी)ले भनिन, ‘प्रेसरमा जेजति काम गरेका छौँ, त्यो लोकतान्त्रिक र उत्साहजनक छ भन्ने उहालाई लागेको छ ।’

पहिलो चरणको स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले कार्यभार सम्हालेको अब १०१ दिन पुगेको छ ।

कुनै पनि कार्यकारीको परीक्षणको रूपमा हेरिने उक्त अवधिमा कैयौँ स्थानीय जनप्रतिनिधिहरु खरो उत्रिन नसकेका टिप्पणी भइरहेका बेला ‘अन्यतिरको उपमहानगरपालिका र नगरपालिकामा समन्वय गर्दा उहा लोकतान्त्रिक हिसाबले बजेट छ र काम भइरहेको पनि भइरहेको छ’, मेयर भण्डारीले भनिन् ।

अहिले पनि सपना बाढे अनुसार काम अघि बढ्न नसक्नुको पछाडि स्थानीय तह र केन्द्रले एक अर्कालाई दोष दिएका छन् । सामाजिक सुरक्षा, भौतिक पूर्वाधार लगायतसँग जोडिएका अनेकन सपना बाँडिएको तर उल्लेख्य प्रगति नभएको भन्दै हालै निर्वा्चित स्थानीय तहका प्रतिनिधिहरूको आलोचना भइरहेको छ ।

धरानका मेयर तारा सुब्बाले सय सय एक दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्वा्चित भएर कार्यभार सम्हाल्ने बित्तिकै वर्षाको क्षति न्युनीकरण तथा रोकथामका लागि १ करोड २५ लाख बराबरको बाढी नियन्त्रणको कार्य गरिएको, विजयपुर जाने सडक, बीपी प्रतिष्ठान अगाडिको सडक मर्मत, वडा नं. २०, ४,५ र ६ का कच्ची सडकहरूको पहिरो पन्छाइ सञ्चालन, वडा नं. ११, १६, १७ लगायत विभिन्न वडाका खाल्डाखुल्डी मर्मत, सडक डिभिजनसँग समन्वय गरी भत्किएको कोसी लोकमार्गको वैकल्पिक सडक बनाइ सुचारू गरिएको सुनाए ।

कार्यक्रममा उपप्रमुखको संयोजकत्वमा समिति निर्माण गरी नियमित बजार अनुगमनदेखि मिडियामैत्री बनाउने नीति र कार्यक्रम तयार गरी बजेटको व्यवस्था साथै समानुपातिक विज्ञापनका लागि आवश्यक नीति तयार हुँदै गरेको सुनाउनुभयो । मेयर सुब्बाले धरानको मुख्य समस्या रहेको सुकुम्बासी समस्या समाधान लागि अधिकतम प्रयास गरिरहेको बताउनुभयो । त्यस्तै, धरानको अव्यवस्थित बसपार्क व्यवस्थित गर्न पहल भइरहेको जनाउँदै समाधानका लागि उपपप्रमुख मञ्जु भण्डारी (सुवेदी)को संयोजकत्वमा गठित समितिको नेतृत्वमा पहल भइरहेको जनाइएको छ ।

पीडित जग्गाधनीहरूको जग्गा धेरै काटिएको र आयोजनाको डिजाइमा पनि प्राविधिक त्रुटी रहेको भन्ने गुनासोका आधारमा विशेषज्ञ प्राविधिकहरूको सहभागितामा अध्ययन गराउने र प्राविधिकले दिएको सुझावका आधारमा बसपार्कसहित आयोजना निर्माण कार्य अघि बढाउने सहमति भएको उपप्रमुख भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै, धरानको प्लटिङ र कित्ताकाटका लागि मापदण्ड निर्धारण र कित्ताकाट र प्लटिङ रोक्का गरिएको जानकारी दिइयो । धरानमा नियमित फोहोर व्यवस्थापन, भेडेटारको फोहोर उठाउन सुरु, धरानको फोहोर व्यवस्थापनका लागि भेन्टियुर वाष्ट टु इनर्जी कम्पनीसँग २० वर्षे सम्झौता भएअनुसार फोहोरबाट ऊर्जा उत्पादन गर्ने उद्योग दर्ताका लागि प्रक्रिया अगाडि बढाइएको र अन्तिम चरणमा पुगेको मेयर सुब्बाले बताउनुभएको छ ।

कार्यक्रममा धरानको पर्यटनको विकासका लागि काम थालनी गर्ने निर्णय भएको साथै पर्यटन प्रवद्र्धनका लागि संकल्प अभियान सुरु गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत बताइएको थियो । कार्यक्रममा धरानको खानेपानीको मुख्य स्रोत सर्दु जलाधार क्षेत्रको संरक्षणका लागि सीमाङ्कनको प्रारम्भिक अध्ययन थालिएको जानकारी दिइयोे । यस्तै, सामुदायिक विकास कार्यक्रमअन्तर्गत धरान–११ र १७ मा ढल निर्माण, सडक मर्मत, पिच गरिएको जनाइयो । प्रमुख सुब्बाले धरानको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपमहानगरभित्र सिटी हस्पिटल सञ्चालनका लागि आवश्यक प्रक्रिया थालिएको जानकारी गराईएको थियो।

कार्यप्रगतिमा खेलकुदको विकासका लागि खेलकुद विकास समिति गठन, मिनी ओलम्पिक, फुटबल, भलिबल र बास्केटबलको मेयर कप प्रतियोगिताको तयारी, राष्ट्रिय अन्तर्रा्ष्ट्रिय खेलमा सहभागी खेलाडीलाई प्रोत्साहनको नीति, स्पोटस सिटीको रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका लागि अध्ययन थालिएको जनाइएको छ ।

कार्यक्रममा लक्षित वर्गको बजेटको काम सम्पन्न भई सुरु गरिएको, ६५० जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण सामाजिक सुरक्षाअन्तर्गत प्रथम चौमासिक भत्ता वितरणको व्यवस्था, भवन तथा योजना मापदण्डसम्बन्धी विशेष व्यवस्था गरिएको जानकारी दिइयो । कार्यक्रममा कार्यकारी अधिकृत मोहन तिम्सिना, सल्लाहकारहरू सरोज श्रेष्ठ, तुलसीप्रसाद बस्ती, प्राडा भीम खतिवडा, हरिप्रसाद दाहाललगायत वडाध्यक्षहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =