माओवादीका मन्त्री नै कांग्रेस प्रवेश

कार्तिक १५, काठमाडौं । माओवादी केन्द्रबाट विनाविभागीय राज्यमन्त्री शम्भुलाल श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटार आयोजित एक कार्यक्रममा श्रेष्ठ कांग्रेस प्रवेश गरेका हुन् ।

श्रेष्ठसहित एमालेका कैलालीका प्रभावशाली नेता तथा पूर्वसांसद मोहनसिंह राठौंर र रवनी चौधरी कांग्रेस प्रवेश गरेका छन्। तीनै जनालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प%A4वेश गराएका थिए।

विनाविभागीय राज्यमन्त्री श्रेष्ठले २०७० सालको संविधान सभा निर्वाचनमा एमाले नेता झलनाथ खनाललाई सर्लाही–१ मा पराजित गरेका थिए। विनाविभागीय बनाइनुअघि उनी स्वास्थ्य राज्यमन्त्री थिए।

यता राठौर २०७० को चुनावमा कैलाली २ बाट निर्वाचित भएका थिए। उनी यसपालि कांग्रेसबाट चुनाव लड्ने गरी कांग्रेस प्रवेश गरेको बालुवाटार स्रोतले जानकारी दियो। चौधरी २०७० मा एमालेको समानुपातिक कोटामा सांसद बनेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *