प्रदेश ४ मा एमाले माओवादीको सिट बाँडफाँट

कार्तिक १४, पोखरा । बाम गठबन्दनले लामो रस्साकस्सीपछि प्रदेश ४ का जिल्लामा उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ । गठबन्धले २१ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ तथा केही समानुपातिक सिट बाँडफाँटलाई अन्तिम रूप दिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्र बिच सिट बाँडफाँट भएको जनाइएकाे छ । गठबन्दनका दुई पार्टीबीच भएको सहमति अनुसार प्रदेश नम्बर ४ मा एमालेले प्रतिनिधि सभाका १३ सिट पाएको छ भने माओवादीको भागमा पाँच सिट परेकाे छ ।

प्रदेश सभातर्फ एमाले १९, माओवादी १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् । कास्कीमा एक प्रतिनिधि सभासहित प्रदेशका २ सिट माओवादीले मागेको थियो । त्यसमध्ये प्रदेशका तीन सिटमा चित्त बुझाएको छ । माओवादीले पाएका सिटमध्ये पूर्वजिल्ला इन्चार्ज झलकपाणि तिवारीलाई कास्की १ (क) र वर्तमान इन्चार्ज राजकाजी गुरुङलाई २ (ख) मा टिकट दिने भएको छ । यस्तै, कास्की ३ (क) मा रामजी बराललाई उम्मेदवार बनाउने तयारी उक्त पार्टीले गरेको बुझिएको छ ।

प्रतिनिधि सभामा कास्की १ बाट एमाले नेता खगराज अधिकारी, २ बाट रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्माले टिकट पाउने चर्चा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =