एमालेसँगको गठबन्धन ट्याक्टिसका लागि होईन : प्रचण्ड

“
कार्तिक १३, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग गरेको गठबन्धन कुनै ट्याक्टिसका लागि नभएको बताएका छन् । उनले पार्टी एकता संयोजन समिति समेत बनिसकेकोले एकता प्रक्रियामा शंका नगर्न अपील गरे ।
भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘एमाले र माओवादीबीच गरिएको वाम गठवन्धन र एकता जो गरिएको छ यसमा बैचारिक र राजनीतिक अर्थ छ । यसको छुट्टै विषेशता छ । यो एकता कुनै ट्याक्टीक कुरा होइन् ।’
अध्यक्ष प्रचण्डले आगामी निर्वाचनको परिणामले एमालेसँगको पार्टी एकतामा कुनै असर नगर्ने प्रष्ट पारे । एमाले र माओवादीले गरेको वाम गठवन्धनले देश र जनताको हित गर्ने उनको दावी छ । विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्द्रित तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको उनको भनाई छ ।
उनले पार्टी एकतामा जोड दिंदै भने, ‘देशमा धेरै पार्टी हुनुभन्दा कम पार्टी हुनु देश र जनताको आवश्यकता हो । यो प्रकृयाको शुरुवात हामीले गर्यौं, कांग्रेसमा पनि त्यो प्रक्रिया सुरु भएको छ, यो देश र जनताको हितमा छ ।’
अब निर्वाचन हुँदैन कि भन्ने संशय नरहेको भन्दै प्रचण्डले भने, ‘निर्वाचन आयोगले नै प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने भएपछि निर्वाचन नहुने शंका रहेन ।’ उनले चितवनबाटै चुनाव जित्ने दावी समेत दोहार्याए ।
पकारहरुको एक प्रश्नमा उनले बाँदरमुडे घटना दुखद रहेको भन्दै माडीको बाँदरमुडे घटनाका पीडितहरुका लागि आफुले सत्तामा हुँदा र नहुँदा भेटेको र राहात समेत दिएको उनले बताए । उनले अब फेरी माडी जाने बताए ।
“








