प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री माेदीको शुभकामना

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिनुभएको छ । मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता मोदीले व्यक्त गर्नुभएको छ ।

टेलिफोन संवादमा प्रधामन्त्री ओलीले मोदीलाई बधाइ तथा शुभकामना व्यक्त गरेमा धन्यवाद दिनुभएको थियो । संवादमा प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र   भारतसँगको  मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने समेत बताउनुभयो ।

बिहीबार नै भारतीय प्रधानमन्त्री मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालले स्थायीत्व पाउने आशा व्यक्त गर्नुभएको छ । ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास मोदीले व्यक्त गर्नुभएको छ ।

बिहीबार नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =