धरानमा उदाउदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयाे

भरतराज शर्मा, सुनसरी । शुद्धता, सद्भाव र मधेसी समुदायको आस्थाको महापर्व छठ पर्व उदाउदो सूर्यलाई अर्घ दिई मनाइएकाे छ । श्रद्धालुहरुले पोखरी, तलाउ, जलासय लगायतका विभिन्न स्थानमा गई यो पर्व हर्षोल्लासका साथ समापन गरेका हुन् ।

बुधवार खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका थिए । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले शुक्रवार बिहान कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा (पिठार) स्थानीय भासमा पिठोले बनाएको रङ्ग र सिन्दूर लगाएर अक्षता, फुल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान बिहीबार अस्ताउन तथा शुक्रवार उदाउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरी मनाइन्छ । खोलामा छठ पूजा गर्नका लागी पुग्नुभएका पिछडा वर्ग महासङ्घ धरानका कोषाध्यक्ष बब्लु शाहले जानकारी दिए ।

धार्मिक मान्यता अनुसार सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक यो पर्व मनाइएको खोलामै भेटीनुभएका सेउती खोला छठ पूजा सुमितिका सदस्य गणेश कुमार कलबारको भनाई छ । यस पर्वमा सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा अर्चनाका लागि उभिने गरेको पाइएको छ । पूजा गर्न धरानको सेउती र सर्दु खोलमा  हजारौँ श्रद्धालुहरुको घुईचो नै लागेकोले समेत याे कुराकाे प्रमाणित गर्छ ।

धरान १५ र १३ मा अवस्थित सेती र सर्दु खोलामा गरिएको पर्वमा मधेसी भित्रको दलित समुदायका चमार जातिले ढोल बजाउने, मालीले फुल, पानको पात, प्रदान गर्नै, कुम्हारले माटोको भाडा, डोमले बाँसका सामग्री पु¥याउने दिइएको स्थानीईहरुले बताएका छन् ।

हर्षै उल्लसका साथ सम्पन्न छठ पूजामा धरानका विभिन्न जातजातीहरु जस्तै राई लिम्बु, मगर, बाह्मण, नेवार, साह, कलवार, देव लगायतकाले पर्व मनाइएकाे समितिका सदस्य कलवारले बताए । उता धरानका हलुवाई समाज समितिले पनि हर्साैउल्लासका साथ यो पर्व मनाईएको हलुवाई समाज धरानका सचिव रमेश साहले जानकारी दिए । उनका अनुसार धरान १३ स्थित रहेको सर्दु खोलामा गरिएको छठ पर्वमा धरान उपमहानगरपलिकाका मेयर, उपमेयर तथा वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

यसै पर्वमा बाँस लगायत पूजाका सम्पूर्ण सामग्रीको अर्घ दिएपछि वंशवृद्धि, भगवान् विष्णुको बास, समृद्धि र मौसमी फल प्रकृति प्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि रहेको पाइन्छ भने यस पर्वलाई तराई बासिहरुकाे महान् पर्वको रूपमा पनि मनाईने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *