चार वर्षदेखि अनशनमा : गंगामाया र नन्दप्रसाद – दम्पती

कात्तिक ९, काठमाडाैं । उनका लागि महिना र बारले कुनै अर्थ राख्दैनन् । न कुनै चाडपर्व र उल्लासले नै छुन्छ । वीर अस्पतालमा चार वर्षदेखि सरकारी रेखदेखमा अनशन बसिरहेकी छन् उनी । गोरखा फुजेलकी गंगामाया अधिकारीले छोराको हत्यारालाई पक्राउ गरी कारबाही माग राख्दै अनशन सुरु गरेको कात्तिकको दोस्रो साता चार वर्ष पुरा भई पाँच लागेको छ । सँगै अनशन बसेका उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा २०७१ असोज ६ गते निधन भयो । उनका सब अझै शिक्षण अस्पताल, महाराजगन्जमै छ ।

अझै कति दिन यसरी बस्नुहुन्छ ? ‘सास छउन्जेल, गांमाया भन्छिन् माग पुरा भए भने हो, नत्र म जिउँदै यहाँबाट निस्कने छैन ।’

सर्वोच्च अदालतले २०७२ साल पुस ६ गते छोरोको हत्या अभियोग लागेका व्यक्तिलाई पक्रेर अनुसन्धान सुरु गर्न सर्वाेचले आदेश गरेपछि अनशन तोडेकी थिइन । त्यसयता मलाई दूध र सुप खुवाउन थालिएको छ, गंगामाया भन्छिन्, सर्वोच्चलको आदेश पालना हुन्छ कि भनेर मैले थप दुई वर्ष कुरेँ तर भएन ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =