सन्यासकाे तयारीमा इटाली एवम् युभेन्टसका गाेलकिपर बुफाेन

एजेन्सी । विश्वकै उत्कृष्ट गोलकिपरको अवार्ड हात पारेको दोस्रो दिन इटाली तथा युभेन्ट्सका गोलकिपर जियानलुइजी बुफोनले सन्यास लिने तयारी गरेको बताएका छन् ।फिफाले सोमबार राति घोषणा गरेको विश्वकै उत्कृष्ट गोलकिपरको उपाधि जितेका ३९ वर्षिया बुफोनले यससिजनको अन्त्यमा सन्यास लिने बताएका हुन् । तर, युभेन्ट्सले च्याम्पियन्स लिगको उपाधि जितेमा भने आफ्नो सन्यास आगामी क्लब विश्वकप सम्मका लागि रोकिन सक्ने उनले बताए ।

पछिल्ला तीन वर्षमा च्याम्पियन्स लिगको फाइनलमा युभेन्ट्स दुई पटक पराजित भएको थियो । उनले इटालीबाट २००६ मा विश्वकप जित्नुका साथै युभेन्ट्सबाट आठ पटक सिरि ए को उपाधि जितिसकेका छन् । बुफोनले युभेन्ट्सबाट २००१ मा आफ्नो व्यावसायिक करिअर सुरु गर्नुअघि पर्माबाट खेल्ने गर्थे ।

सिरि ए को वर्ष गोलकिपरको रूपमा उनी ११ चोटि मनोनयनमा परेका थिए । उनले २००३ मा युइएफए फुटबलर अफ द इअरको अवार्ड पनि जितेका थिए । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *