आमा (कविता)

कवि : दिलासा आचार्य

हो आमा
मैले टेकेको माटो छोएर
कसम खाएदेखि
तिम्रो काख खाली भएको
सत्य हो ।

म माटोलाई परिर्वतन गरेर
उर्वर भूमि बनाउन चाहन्थेँ
जहाँ पसिना चुहाउनेहरूले
पेटभरी खान पाउन्
जहाँ नयाँ कपडा सिउनेहरूले
टालेर आङ नढाकुन्
अनिगगनचुम्बिभवन बनाउनेले
आकासको छानोमुनी ओतिन नपरोस्
जहाँ विश्वलाई चिनाउने
गोर्खालीको हातमा टल्केको
सिरुपाते खुकुरी बनाउनेको
हात खालि नहोस् ।
हो आमा, मैले टेकेको धर्तिलाई
शिरमा चढाएर कसम खाएदेखि
तिम्रो काख खालि भएको सत्य हो
हो त्यही सत्यतालाई
आत्मासाथ गदै
अझै पनि लडिरहेछु
एउटा शान्ति मोर्चा समालेर ।

हो आमा
जब पसिना चुहाउनेहरूले
पेटभरी खानेछन्
कपडा सिउनेहरूले
आङभरी टालो हाल्नेछन्
अनि महल बनाउनेहरूले
ओत लाग्ने छानो पाउँनेछन् ।

तब म फर्किन्छु आमा
हाम्रो साझा सपनालाई साकार पारेर
कायर विद्रोह बिषाएर
अनिपुरुषतन्त्रका विरुद्धमा
मानवतावादको आगो दन्काएर
तिम्रो काखलाई हरावरा बनाउन
कुटो कोदालो लिएर
म आफ्नै माटोमा भाग्य खोज्न
लटरम्म पाकेका फलहरूजस्तै
सुन्दर भबिष्य लिएर घरफर्किनेछु
र आमाकोकाखभरी
नयाँ वसन्तको बहार ल्याउनेछु ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =