कतारमा एक नेपालीको मृत्यु

कात्तिक १, राजविराज । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल छ महिना अघि रोजगारीको लागि कतार गएका थिए ।

मण्डलकाे गएराति सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ । सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा मण्डर कतार गएका थिए । उनको शव नेपाल ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =