लडेर कामदारको मृत्यु

कात्तिक १, लहान । सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत एक कामदारकाे लडेर मृत्यु भएको छ । विद्युत् मर्मत गर्ने क्रममा लडेर मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत कामदार मोरङ विराटचोक निवासी २० वर्षीय मनिस चौधरीको मृत्यु भएको हो ।

विद्युत् मर्मत गर्ने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको सिरहाको कर्जन्हास्थित फूलकुमारी मिमोरियल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =