नेपालगञ्जमा नक्कली पाँचसयको नोट फेला परेपछि…
२०७४ जेठ १५ गते

“
असोज ३१, बाँके । बाँकेको नेपालगञ्जमा नक्कली पाँचसयको नोटको कारोबार भइरहेको पाइएको छ । नेपालगञ्जको सुनगाभा स्वास्थ्य सहकारी संस्था लिमिटेडले बचत कर्तालाई रकम फिर्ता दिनका लागि न्युरोडमा रहेको नेपाल बैङ्क लिमिटेडबाट चेकमार्फत असोज २४ गते रकम झिकेको थियो ।
पाँचसयको नोटको गड्डी लिएर बचत कर्तालाई बुझाउने क्रममा त्यसभित्र एउटा नक्कली नोट फेला परेको सहकारीका अध्यक्ष रोमहर्ष धितालले जानकारी दिए । ग्राहकले नक्कली आशंका गरेपछि फेरि बैङ्कमा पुग्दा नोट नक्कली भएको तर आफ्नो बैङ्कबाट कारोबार नभएको भन्दै फिर्ता पठाएको धितालले बताए । सक्कली र नक्कली नोट हेर्दा पनि स्पष्ट छुट्टाउन सकिने खालको रहेको छ ।
धितालले नक्कली नोटको कारोबार नेपालगञ्जमा व्यापक रूपमा भएको हुन सक्ने भन्दै नेपाल राष्ट्र बैङ्कले गम्भीरताका साथ लिनुपर्ने बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








